image
image
७४ अंक घट्यो सेयर बजार, कारोबार बढ्यो

७४ अंक घट्यो सेयर बजार, कारोबार बढ्यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंक घटेको बजार हिजो मंगलबार १९.७ अंक मात्रै बढेको थियो ।

बजारमा उच्च गिरावट आउँदा पनि आज कारोबार रकम करिब १ अर्ब बढेको छ । अघिल्लो दिन ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज १२ अर्ब १० करोडको भयो । १३ कम्पनीको मूल्य बढ्यो, २५५ को घट्यो ।

बजारका सबै समूहगत सूचक घटेका छन् । अन्य समूह सूचक सबैभन्दा धेरै ५.२६ प्रतिशत घट्यो । नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्दा समग्रमा अन्य समूहको सूचक बढी प्रभावित भयो ।

त्यस्तै बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ७.२८, नेसनल हाइड्रोपावरको ७.१७, शिवश्री हाइड्रोपावरको ७.००, हिमाल दोलखा हाइड्रोपावरको ६.४१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।