image
image
ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो ।

झण्डै सय डलर प्रति ब्यारेल रहेको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा ट्रम्पको भाषणकै दौरान उतार–चढाव आएको छ । सम्बोधन सकिएसँगै तेलको मूल्यमा वृद्धि भएको समाचारमा उल्लेख छ ।

ट्रम्पले होर्मुज स्ट्रेटबारे केही घोषणा गर्न सक्ने अनुमान गरिएको थियो । तर, उनले होर्मुज स्ट्रेटबारे कुनै ‘अपडेट’ नदिएपछि तेलको मूल्यमा बढोत्तरी देखिएको बताइएको छ । होर्मुज वैश्विक अर्थव्यवस्थाका अत्यन्तै अहम मानिन्छ । विश्वमा झण्डै २० प्रतिशत ऊर्जा व्यापार यही समुद्री बाटो भएर हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।