image
image
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प


काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार मोलुक्का सागर क्षेत्रमा आएको उक्त भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ।

स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्पको केन्द्र इन्डोनेसियाको उत्तर मालुकु प्रान्तस्थित तेरनाते शहरबाट करिब १२० देखि १२७ किलोमिटर दूरीमा रहेको जनाइएको छ। तेरनाते सानो भए पनि घना बस्ती भएको द्वीप क्षेत्र हो त्यहाँ दुई लाखभन्दा बढी जनसंख्या रहेको बताइएको छ।

भूकम्पपछि हवाईस्थित सुनामी चेतावनी प्रणालीले केन्द्रबिन्दुबाट करिब एक हजार किलोमिटरको दायराभित्र रहेका तटीय क्षेत्रमा खतरनाक समुद्री छाल उठ्न सक्ने चेतावनी जारी गरेको छ। चेतावनी इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका केही समुद्री तटीय क्षेत्रमा लागू हुन सक्ने बताइएको छ। भूकम्पको धक्का उत्तर सुलावेसीसहित आसपासका विभिन्न क्षेत्रमा महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।