image
image
सुनचाँदीको मूल्य केही घट्यो

सुनचाँदीको मूल्य केही घट्यो


काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा तीन हजार ६०० र चाँदी १६५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो । गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८४५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।