image
image
जम्मा ७ मिनेट दिने खबर आयो, १ घन्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

जम्मा ७ मिनेट दिने खबर आयो, १ घन्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले संसद बैठकमा बोल्न कम समय दिइएकोमा असन्तुष्टि जनाएका छन्।आज दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा शीर्ष नेता बोल्ने कार्यक्रम छ।

‘सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो, सात मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आज पोस्ट गरेका छन्। साथै उनले देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर धेरै समय संसदमा बोल्न मन रहेको पनि बताएका छन्।

संसदमा प्रायस् १ घन्टा समय छुट्टाएर दलदेखि स्वतन्त्र सांसदसम्मलाई दलीय हैसियतअनुसार बोल्न समय दिइन्छ। संघीय संसद सचिवालयले बुधबार राखेको छलफलमा पनि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बोल्न धेरै समय दिनुपर्ने कुरा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।