image
image
हामीलाई हनिमुन पिरियड चाहिँदैन, अब बिचौलिया र माफियाका दिन गए  ः रवि लामिछाने

हामीलाई हनिमुन पिरियड चाहिँदैन, अब बिचौलिया र माफियाका दिन गए  ः रवि लामिछाने


काठमाडौं । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुलाई काम गर्नका लागि सय दिने ुहनिमुन पिरियडु को सुविधा नचाहिने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरु दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न सुरु गरिसकेको बताए ।

सांसद लामिछानेले विगतका सरकारहरु पारदर्शिता र जवाफदेहिताको कमजोरीले गर्दा इतिहास बदल्ने औजार बन्न नसकेको भन्दै आफूहरु इतिहासबाट सिक्न र परिणाम दिन आएको बताए। उनले प्रतिपक्षी दलहरुलाई आफूहरुमाथि २४ सै घण्टा निगरानी गर्न र बाटो बिराएमा सच्याइदिन आग्रह समेत गरे। आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गर्ने र अध्यादेश ल्याउने जस्ता गलत क्रियाकलाप अब नदोहोरिने लामिछानेले बताए। आस्थाका आधारमा फरक व्यवहार नहुने र अन्यायपूर्वक विधि मिचेर कसैलाई नफसाइने उनले प्रतिबद्धता व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।