image
image
मन्त्रालयकै सोफामा सुते गृहमन्त्री सुधन गुरूङ लेख्छन्– जनताभन्दा माथि सरकार हुँदैन

मन्त्रालयकै सोफामा सुते गृहमन्त्री सुधन गुरूङ लेख्छन्– जनताभन्दा माथि सरकार हुँदैन

काठमाडौं । बिहीबार अबेरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयमै सुतेका छन्। उनले कार्यालयको सोफामा सिरक ओढेर सुतेको फोटो आफै सेयर गरेका थिए। फोटोसँगै सुधनले लेखेका छन्, निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।

गृहमन्त्री गुरूङको सचिवालयले पनि उनी मन्त्रालयकै सोफामा सुतेको पुष्टि गरेको छ। पटक पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी बिहीबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका थिए। सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री सुधन स्थलगत अनुगमनमा निस्किएको सचिवालयले जनाएको छ।

अनुगमन क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए। विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत पनि गराएको सचिवालयले जनाएको छ।

साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उनले निर्देशन दिएका छन्।यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्री रहेका महावीर पुनले पनि मन्त्रालयलाई नै आफ्नो वासस्थान बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।