image
image
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान

पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान


काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र सहज आवागमनका लागि सरकारले आजदेखि विशेष उडान सञ्चालन गर्ने भएको छ। 

परराष्ट्रमन्त्री शिशिर खनालको विशेष पहलमा बिहीबार बसेको उच्चपदस्थ अधिकारीहरूको बैठकले ३ अप्रिलदेखि ५ अप्रिलसम्म नेपाल वायुसेवा निगममार्फत विशेष उडान गर्ने निर्णय गरेको हो। 

पश्चिम एसियाको तनावका कारण गत २८ फेब्रुअरीदेखि नै त्यस क्षेत्रका नियमित उडानहरू स्थगित रहेका थिए। नेपालीहरूको समस्यालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री खनालको निर्देशनमा नेपाल एयरलाइन्सले दुबई र दमामका लागि उडान भर्ने तालिका सार्वजनिक गरेको छ।

उडान तालिकामा (आज) ३ अप्रिलमा काठमाडौँ–दुबई (राति ११ः१५ बजे), ४ अप्रिलमा दुबई–काठमाडौँ (बिहान ४ः१० बजे),५ अप्रिलमा काठमाडौँ–दमाम (बिहान ८ः३० बजे) र दमाम–काठमाडौँ (दिउँसो १२ः२० बजे) रहेका छन् । 

यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको मन्त्रालयले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।