image
image
महेन्द्र मावि धर्नामा छात्रवृत्ति सम्झौता र छात्रालाई साइकल वितरण गरियो

महेन्द्र मावि धर्नामा छात्रवृत्ति सम्झौता र छात्रालाई साइकल वितरण गरियो

काठमाडौं ।  घोराही उपमहानगरपालिका–५ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय, धर्नामा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ । विद्यालय र जोन्टा क्लब काठमाडौंबीच भएको उक्त सम्झौताबाट २० जना विद्यार्थी लाभान्वित हुने जनाइएको छ । जसको सहयोगी सस्था रन–अम्बिका शाह  सेवा गुठी गूठी रहेको थियो । यसै अवसरमा २६ जना छात्राहरूलाई साइकल वितरण गरिएको छ । साइकल वितरणमा तारा ओरियन्टलको सहयोग रहेको थियो । जोन्टा क्लब काठमाडौंका उपाध्यक्ष मिर्दुल्ला राजभण्डारीले संस्थाको बारेमा जानकारी  गराउँदै छात्राहरूलाई साइकल हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक जयन्ता घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष विवेक बुढाथोकी रहनु भएको थियो । विशिष्ट अतिथिमा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष विना राणा तथा अन्य अतिथिहरूमा मिर्दुल्ला राजभण्डारी, समन्था शाह, केमि गोर्खाली, मेखा माथेमा, अन्जय शाह, रिता मल्ल र डा। मिता शाहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयको वस्तुस्थिति र उद्देश्यबारे जानकारी दिँदै प्रधानाध्यापक घिमिरेले विद्यालय ग्रामीण क्षेत्रमा अवस्थित रहेको र यहाँ अध्ययनरत अधिकांश विद्यार्थीहरू आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएको बताउनुभयो। थारु, मगर, बादी, कुसुन्डा, माझी लगायत विभिन्न जातजातिका विद्यार्थी अध्ययनरत रहेको र केही अति सीमान्तकृत बालबालिकाहरू छात्रावासमा बस्दै आएको उहाँले जानकारी दिनुभयो । आर्थिक अभावका कारण कतिपय विद्यार्थी आधारभूत शैक्षिक सामग्रीबाट समेत वञ्चित हुने अवस्था रहेको उल्लेख गर्दै यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले ‘खुसीयाली तथा जन्मदिन कोष’ सञ्चालनमा ल्याएको बताउनुभयो। साथै, सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राख्नु भएको थियो ।

प्रमुख अतिथि बुढाथोकीले छात्रवृत्ति सम्झौता र साइकल वितरण कार्यक्रमले विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। विशेषगरी टाढाबाट विद्यालय आउने छात्राहरूका लागि साइकल उपयोगी हुने बताउँदै यस्ता कार्यक्रम अन्य विद्यालयहरूमा समेत विस्तार गर्न आग्रह गर्नुभयो। साथै, आगामी शैक्षिक सत्रदेखि वडाबाट विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्र्याकसुट) उपलब्ध गराइने जानकारी दिनुभयो ।

यसैगरी, विशिष्ट अतिथि विना राणाले संस्थाको उद्देश्यबारे जानकारी दिँदै बालबालिका तथा महिला हकहितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण, साथै महिला सशक्तीकरणका क्षेत्रमा संस्थाले काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो । कार्यक्रममा समन्था शाह, मेखा माथेमा र डा. मिता शाहले समेत आ–आफ्ना धारणा राख्नुभएको थियो । यस कार्यक्रममा विद्यालयका शिक्षक माधव अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन मधुसुधन अधिकारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।