image
image
मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

 

 काठमाडौं ।  नियुक्त भएको ११ दिनपछि बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरुको वरीयतामा व्यापक हेरफेर गरिएको छ । चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा गृहमन्त्री सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा रहेकामा चैत २४ गते राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गर्दा गृहमन्त्री सुदन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् । यसअघि १३ गते उनको वरीयता ३ नम्बरमा थियो । 

यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेको वरीयता २ नम्बर नै कायम छ भने यसअघि ४ नम्बरमा वरीयता भएका परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता अहिले ३ नम्बर कायम गरिएको छ । यस्तै ४ नम्बर वरीयतामा राखिएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको वरीयता अहिले ६ नम्बरमा रहेको छ भने यसअघि ६ नम्बरको वरीयता रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अहिले ४ नम्बर कायम रहेको छ । 

यस्तै यसअघि ७ नम्बरमा रहेका पर्यटनमन्त्री खडक राज पौडेलको वरीयता अहिले १२ नम्बर पुगेको छ भने शिक्षा सस्मित पोखरेलको ८ नम्बरको वरीयता अहिले ११ नम्बर कायम गरिएको छ । यस्तै ९ नम्बरमा रहेकी स्वास्थ्यमन्त्री निशा मेहताको १० नम्बर, १० नम्बरमा रहेका डा विक्रम तिमल्सिनाको वरीयता अहिले १३ नम्बर कायम गरिएको छ । 

यसैगरी यसअघि ११ नम्बरमा रहेकी संघीय मामिला मन्त्री प्रतिभा रावलको अहिले ९ नम्बर, १२ नम्बरमा रहेकी कानुनमन्त्री सोविता गौतमको अहिले ७ नम्बर, १३ नम्बरमा रहेकी कृषि मन्त्री गीता चौधरीको अहिले १४ नम्बर, १४ नम्बरमा रहेका श्रममन्त्री दीपक साहको अहिले पुछारमा वरीयता रहेको छ । दीपक यसअघि ठगीमा मुछिएको भन्दै विवादमा तानिएका थिए । तर, उनको रेकर्ड हेर्दा उनले अदालतबाट सफाइ पाएको देखिएको थियो । अहिले फेरि उनले श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिलाएको भन्दै विवाद भएको छ । यस्तै यसअघि अन्तिममा वरीयता रहेकी महिलामन्त्री सीता वादीको वरीयता ८ नम्बर कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।