image
image
अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

 काठमाडौं । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । मङ्गलवार सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि ८९३ ले बढेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला ८९३ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउमा वृद्धि भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य २।३ प्रतिशतले बढेर प्रतिऔँस ४,८१२।४९ अमेरिकी डलर कायम भएको छ । कारोबारको सुरुवाती चरणमा त सुनको भाउ ३ प्रतिशतभन्दा बढीले बढेर गत मार्च १९ पछिकै उच्च स्तरमा पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।