image
image
सांसद रोकायाको हवाई भाडा नियन्त्रण गर्न माग

सांसद रोकायाको हवाई भाडा नियन्त्रण गर्न माग

 काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै हुम्लाका सांसद रोकायाले हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको बताएका हुन् ।

उनले भने, ‘मेरो क्षेत्र हुम्ला लगायत हिमाली क्षेत्रका नागरिकहरुले भोग्दै आएका गम्भिर समस्याहरु तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । हुम्ला जस्तो विकट जिल्लामा डरलाग्दो कच्चि सडक भर्खर निर्माण भएकाले नागरिक हवाई यातायातमा निर्भर रहन बाध्य भएका छन् तर दर्भाग्यवस हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको छ ।’

यस्तै उनले हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको भन्दै यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको बताए ।

‘हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको छ जसले गर्दा धेरै नागरिक यात्रा गर्न समेत असमर्थ भएका छन् । यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको छ । म सरकारसँग हवाई इन्धनमा कर छुट आवश्यकता उडानमा अनुदान थप हवाई भाडा नियन्त्रण गनउ माग गर्दछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।