image
image
कार्यालय समय परिवर्तनसँगै फेरियो सडकमा सवारी जाम हुने समय

कार्यालय समय परिवर्तनसँगै फेरियो सडकमा सवारी जाम हुने समय


 काठमाडौं ।  कार्यालय समय परिवर्तनसँगै सडकमा सवारी जाम हुने समय पनि फेरिएको छ । जाम हुने समय अघि सरेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि ‘पिक आवर ड्युटी’को समय तालिका पनि अघि सारेको छ ।

पहिले कार्यालय समय १० बजेदेखि ५ बजेसम्म तोकिएको थियो । त्यतिबेला १० बजेभन्दा करिब एक घण्टा अगाडि र ५ बजेदेखि करिब एक घण्टा पछाडिसम्म सडकमा सवारी साधनको चाप अत्यधिक हुन्थ्यो । कतिपय स्थानमा त लामो समयसम्म ट्राफिक जाममा रोकिनुपर्थ्यो ।

२२ चैतको मन्त्रिपरिषद बैठकले कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म हुने निर्णय गरेपछि सवारी साधनको चाप बिहान ८ बजेदेखि नै बढ्ने गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले सवारी साधनको चापलाई मध्यनजर गरेर बिहान ८ बजेदेखि नै ‘पिक आवर ड्युटी’ सुरु गर्ने प्रबन्ध मिलाइएको जानकारी दिए ।

पिक आवर ड्युटी भन्नाले बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिलाई बुझाउँछ । बिहानको समयमा ट्राफिक जाम हुने समय अघि सरे पनि बेलुकाको जामको अवस्था भने अझै उस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।