image
image
रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी


 काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन् ।  कुमारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्ने बताएका थिए ।

पछिल्लो समय सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी पत्रकारहरूलाई दिएका थिए । सङ्घीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

रुवी कुमारीको प्रस्तावकमा आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्विकादेवी निरौला रहेका संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।