image
image
कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ यात्रु घाइते

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ यात्रु घाइते


 काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा ३ जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै प्रहरी टोली यात्रुको उद्धारमा खटिएको थियो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।