image
image
विना निष्कर्ष वार्ता टुंगिएपछि इरानले भन्यो – अमेरिकाले अत्यधिक र अव्यावहारिक माग राख्यो

विना निष्कर्ष वार्ता टुंगिएपछि इरानले भन्यो – अमेरिकाले अत्यधिक र अव्यावहारिक माग राख्यो


काठमाडौं । इस्लामावाद वार्ता विना निष्कर्ष टुंगिएको छ। होटल सेरेनामा पाकिस्तानी मध्यस्थतामा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सम्झौता नभई टुंगिएको हो।इरानले वार्ता विफल हुनुमा अमेरिका दोषी भएको बताएको छ।

ुअमेरिकाको अत्यधिक र अव्यावहारिक मागका कारण वार्ता अगाडि बढ्न सकेन, इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।छलफलको मुख्य विषय स्ट्रेट अफ हर्मुज र इरानको युरेनियम समृद्धिबारे दुई देशबीच मतभेद भएको थियो। वार्तामा चर्काचर्की समेत भएको थियो।

ुइरानी टोलीले विभिन्न सिर्जनात्मक प्रस्ताव राख्न पनि अमेरिकी पक्षको हस्तक्षेपकारी र असंगत मागका कारण वार्ता अघि बढ्न सकेन,इरानी टेलिभिजन प्रसारणमा भनिएको छ।  इरान सरकारनिकट मानिने विश्लेषक अली गोल्हाकीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी अडानकै कारण वार्ता विफल भएको दाबी गरेका छन्।

उनले इरानलाई पूर्ण रूपमा युरेनियम समृद्धि रोक्नुपर्ने, करिब ९०० पाउन्ड सञ्चित युरेनियम देशबाहिर लैजानुपर्ने र हर्मुज सुरक्षामा अमेरिकी सर्तअनुसार नै हुनुपर्ने माग अमेरिकी प्रतिनिधिमण्डलले राखेको बताएका छन्।गोल्हाकीले अमेरिकाले लेबननमा इसराइलको आक्रमण रोक्ने कुनै प्रतिबद्धता पनि अमेरिकाले नदिएको आरोप लगाएको छ। ‍
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।