image
image
सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ तोकिएको छ । जुन शुक्रबार २ लाख ५४ हजार ५४५ रुपैयाँ रहेको थियो।सुनसँगै आज चाँदीको मूल्यमा पनि केही वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारका लागि दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।