image
image
वर्षको अन्तिम दिन घट्यो सेयर बजार

वर्षको अन्तिम दिन घट्यो सेयर बजार


काठमाडौं ।  २०८२ सालको अन्तिम कारोबार दिन सेयर बजार ४.१८ अंक घटेको छ । यो कमीसँगै बजार २८३३ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६६ करोडको भयो ।

१०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा ०.४६ प्रतिशत बढे ।

बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य १.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावर छन् ।

मेन्छियाम हाइड्रोपावरको ९.०१, उपकार लघुवित्तको ७.१७ तथा नेसनल हाइड्रोपावरको मूल्य ६.६७ प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ३.६०, अभियान लघुवित्तको २.९७ तथा सान्भी इनर्जीको २.९६ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी र एसवाई प्यानल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।