वैशाख २५ देखि अनलाइनबाट मात्र श्रम स्वीकृति पाईने
काठमाडौँ । वैदेशिक रोजगार विभागले भोलिबाट अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागले अर्को सुचना जारी नगरेसम्मका लागि यो निर्णय तय भएको हो । विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु स्थगन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जानकारी गराएका हुन् ।
सरकारले काठमाडौं उपत्यकामा वैशाख २९ गते सम्म लकडाउन गरेका कारण यो समयावधीमा अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ । सो समयावधि सम्मका लागि विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु स्थगन गर्ने निर्णय गरिएको महानिर्देशक दवाडीले जानकारी दिए ।
विभागको निर्देशन अनुसार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचल कार्यालयबाट भौतिक रुपमा उपस्थित भै लिइने सेवाहरु वैशाख २४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाइको छ । ताहाचल कार्यालयले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता कार्यहरु सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।
अनलाइन सेवावारे थप जानकारीका लागि शाखा अधिकृत सालिकराम फुयाल (९८४१६२७७८३) शाखा अधिकृत श्माधवराव पाण्डे (९८४१३१०३२३)कम्प्युटर ईन्जिनियर अर्जुन यादव (९८४११४९३८०)लाई सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।