image
image
सरकारको दाबीः प्रधानन्यायाधीश सिफारिस पद्धति यो नै अहिलेसम्मकै उत्कृष्ट हो

सरकारको दाबीः प्रधानन्यायाधीश सिफारिस पद्धति यो नै अहिलेसम्मकै उत्कृष्ट हो

काठमाडौँ । सरकारले प्रधानन्यायाधीश सिफारिस अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरेको छ। यो पटक वरिष्ठताका आधारमा नभई कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस भएको भन्दै सरकारले अहिलेसम्मकै राम्रो भएको बताएको हो।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै  सरकारका प्रवक्ता सस्मित पोखरेलले न्यायक्षेत्र सुधार गर्नुपर्छ विषय धेरै पहिलेदेखि उठ्दै आएको भन्दै आफूहरूले त्यसैको शुरुआत गरेको दाबी गरे। मुद्दा फर्छ्योटको आधारमा, इण्डिकेटकरको आधारमा वरीयतामा रहेका अघिल्ला तीनजनाको भन्दा चौथो (मनोज शर्मा) को राम्रो देखिएकाले त्यसैको आधारमा प्रधानन्यायाधीश सिफरिस गरेको उनले प्रष्टीकरण दिए।

‘पहिलोपटक कार्यक्षमताको आधारमा, मुद्दा फर्छ्योटका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेका हौँ’, उनले भने, ‘यही नै परफेक्ट पद्धति हो भन्न खोजेको होइन। क्रमबद्ध रूपमा सुधार गर्दै लग्नछौँ। तर यो इतिहासमै अहिलेसम्मकै राम्रो पद्धति हो भन्ने हामीलाई लाग्छ।’

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतमा वरीयतामा चौथो नम्बरमा रहेका न्यायाधीश शर्मालाई आगामी प्रधानन्यायाधीश सिफारिस गरेको हो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।