image
image
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

काठमाडौं ।  श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स्पष्ट पारेका छन् ।

शनिबार चितवन जाने क्रममा हेटौँडामा आइपुगेका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले मकवानपुरका हेटौँडा–११, स्थित थानाभ¥याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गर्दै आएका मानिसको समस्याहरूलाई हल गर्ने, उनीहरूलाई विस्थापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ लाग्नु नहुने उनले बताए ।

सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले सांसद भवनमा बसेको पहिलो बैठकमै यी मुद्दालाई मुख्य एजेण्ड बनाएर कुरा उठाएको उनले बताए । सरकारले गरेको कामहरूको आफूले मूल्याङ्कन गर्दै खराब तथा नकारात्मक कामहरूलाई विशेष रूपमा उठाएर खबरदारी गर्ने कामबाट कहिले आफू पछि नपरेको उनले दाबी गरेका छन् ।

सरकारले काम गरेको सन्दर्भमा राम्रो तथा खराब कामहरूलाई खबरदारी गर्दै आएको र उक्त कार्यमा आफू सधैँ आग्रह स्थानमा रहेको स्पष्ट पारेका छन् । अन्य प्रतिनिधि कोही जनताहरूको पक्षमा नभए पनि आफू जनताको पक्षमा रहनबाट पछि नपर्ने उनले विश्वास दिलाए ।

सबै मानिसहरू बाँच्न पाउने मौलिक भएको बताउँदै उनले भने–सबै जनताले बाँच्न पाउनुपर्छ किनकि मौलिक हक हो संविधानले दिएको । घर बनाएर बस्न पाउनुपर्ने सबै जनताको अधिकार भित्र पर्छ ।

त्यो घरलाई राज्यले अहिले आएर आतंक फैलाउने हिसाबले नभत्काउने पक्षमा हामी छौँ । मेचीदेखि महाकालीसम्म सबै जनताहरू एकजुट भएर सरकारले अहिले जनताको घर भत्कार घरबार विहीन बनाउन गरेको निरकुंश कदम विरुद्ध आवाज उठाउनुपर्ने उनले सबैलाई सुझाव दिए ।

उक्त कार्यका लागि सबै जनताको साथमा आफू सदैव रहने प्रतिबद्धता व्यक्त गरे । सांसद भवनको बैठकमा पनि जनताका मुद्दालाई लिएर यी विषयलाई मुख्य एजेन्डा बनाएर कुरा राख्ने बताए ।

नेपाली जनताले बाँच्न पाउने अधिकारलाई सडक सदन सबै ठाउँमा एकजुट भएर उठाउने उनले विश्वास दिलाए । जनताको दुःखलाई आफूले सधैँभरि अंगालेर साथ, सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।