image
image

नेपालीका लागि इजरायलमा खुल्यो रोजगार, यस्ता प्रकारका योग्यता  चाहिन्छ ?

काठमाडौँ । सरकारले इजरायलमा केयरगिभरका लागि नेपाली श्रमिकहरू पठाउने निर्देशिका जारी गरेको छ । नेपाल–इजरायलबीच २०७७, असोज १४ गते भएको श्रम सम्झौता अनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिकहरू पठाउने गरी निर्देशिका जारी भएको थियो। 

इजरायलमा नेपाली सहयोगी कामदार किएर गिभर पठाउने सम्बन्धी निर्देशिका २०७८ रोजगारीमा इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने छ । निर्देशिका जारी भएपछि नेपाली श्रमिकहरू केयरगिभर कामका लागि इजरायल जान पाउने बाटो खुलेको छ।

केयरगिभरमा जाने नेपाली कामदारको योग्यता

केयरगिभरमा जाने नेपाली कामदारको शैक्षिक योग्यता कम्तिमा दस कक्षा उत्तिर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा पन्ध्र महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त तालिम लिएको हुनुपर्छ ।

त्यस्तै उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । त्यस्तै उचाइ कम्तीमा १ दशमलव ५ मिटर ९४ दशमलव ९ फिट० हुनुपर्छ भने तौल कम्तिमा ४५ केजी हुनुपर्छ ।

त्यस्तै इजरायल रोजगारको लागि अंग्रेजी भाषामा दक्षता भएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ र असल चरित्र भएको हुनुपर्ने उल्लेख छ । 

यसरी छनोट गरिन्छ
शैक्षिक, उमेरहद र तौलको योग्यता पुगेका नेपाली नागरिकहरुले इजरायलमा केयरगिभर काममा जान आवेदन दिन सक्नेछन् । यस्तो आवेदन वैदेशिक रोजगार बिभागको वेबसाइटबाट अनलाइन भर्न पाइनेछ ।  अनलाइनबाट आवेदनसंगै बुझाएका कागजातहरु सक्कलसहित बिभागले उपस्थित हुन तोकेको मितिमा बुझाउनुपर्छ । 

त्यसपछि आवेदकको उचाइ र तौल परीक्षण गरी सोको विवरण सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विभागलेनै प्रविष्ट गरिदिनेछ । 

अंग्रेजी भाषा परीक्षणबाट प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा अपडेट हुन्छ । त्यसै प्राप्तांकको आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त माग अनुरुप थप २५ प्रतिशत बढी उम्मेदवारको नामवाली तयार गर्छ र विभागको वेबसाइट मार्फत सार्वजनिक गर्छ । 

छानिएका व्यक्तिहरुले इजरायलस्थित रोजगारदाताले सम्झौताको लागि पठाएको ३ प्रति हस्ताक्षर सहितको कागजात बिभागबाट पाउनेछन् । त्यसपछि रोजगारीका लागि छनोट भएका व्यक्तिहरुको हस्ताक्षर हुनेछ । कामदारले तीनै प्रतिमा हस्ताक्षर गरेपछि एक प्रति कामदार आफैले, एकप्रति बिभागले र एकप्रति रोजगारदाताले लिनेछ ।

निर्देशिका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुबा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागुपदार्थ वा मादक पदार्थ दुर्व्यसनमा लागेका व्यक्तिहरु इजरायल जान पाउदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।