image
image
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि विश्वासको मत लिने निर्णय भएको हो।

विश्वासको मतका विषयमा आवश्यक निर्णय गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बस्दैछ। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

हाल नेकपा एमालेबाट ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त भइसकेका छन्। सरकार विस्तारका क्रममा नेकपाबाट थप ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्ने तयारी छ।

विश्वासको मतपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँट तथा बाँकी मन्त्री र राज्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइनेछ। प्रदेश करिब एक महिनादेखि आंशिक बजेट शून्यतामा रहेकाले सरकार विस्तारसँगै बजेट ल्याउने प्रक्रिया पनि तीव्र हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।