image
image
३ वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

३ वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घटनास्थलमै प्रहरीसँग बालिका खोज्न हिँडेका जीतपुरसिमरा–२ का सुमन थापा र उनले काम गर्ने म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरी छन्।

प्रहरीका अनुसार सुमनले बलात्कारपछि बालिका बेहोस भएपछि डोरीमा झुण्ड्याएको, पछि शवलाई कपडामा पोको पारेर खाली घरमा लगेर फालेको बयान दिएका छन्। प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा मंगलबार साँझ घटनास्थलबाटै सुमनलाई पक्राउ गरेको हो। सुमन वीरगञ्ज–पथलैया रुटको ना.१ ज ७७५८ नम्बरको म्याजिक भ्यानका सहचालक हुन्।

आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता गरिमाको शव घरबाट करिब २०० मिटर टाढाको खाली घरमा मंगलबार साँझ फेला परेको थियो। उनी सरस्वती आधारभूत विद्यालयमा भर्खरै प्ले ग्रुपमा भर्ना भएकी थिइन्।

घटनापछि परिवार शोकमा डुबेको छ भने बालिकाकी आमा मानमती चौधरी अर्धचेत अवस्थामा रहेको बताइएको छ।

यसैबीच, हत्याको विरोधमा स्थानीयले इलाका प्रहरी कार्यालय सिमराअगाडि प्रदर्शन गरेका छन्। उनीहरूले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दै वीरगञ्ज–पथलैया सडकखण्डसमेत करिब दुई घण्टादेखि अवरुद्ध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।