image
image
नुवाकोटमा बाढीको वितण्डा, बजार क्षेत्रमा भौतिक संरचनामा ठूलो क्षति

नुवाकोटमा बाढीको वितण्डा, बजार क्षेत्रमा भौतिक संरचनामा ठूलो क्षति

१० भदौ, काठमाडौं । रसुवा सीमा क्षेत्रबाट आएको ठूलो बाढीका कारण नुवाकोटका विभिन्न स्थानमा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढी तटीय बजार क्षेत्रमा पसेपछि बेट्रावती, त्रिशूली, ढुंगे र देवीघाटलगायत क्षेत्रमा क्षति भएको छ।

अहिलेसम्म मानवीय क्षतिको खबर नआएको प्रशासनले जनाएको छ। तर, बाढीले बजार क्षेत्रका संरचना बगाएकाले क्षति ठूलो भएको अनुमान गरिएको छ। क्षतिको यकिन विवरण भने संकलन भइरहेको छ।

प्रशासनले सुरक्षाकर्मीमार्फत घटनास्थलबाट विवरण संकलन गरिरहेको जनाएको छ। त्रिशूली र बेट्रावती आसपासका तटीय बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।