रसुवाको बाढीपीडितको उद्धारमा जुट्न ओलीको निर्देशन, पार्टी र स्वयंसेवकलाई प्रशासनसँग समन्वय गर्न आग्रह
२०८३ भदौ १०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी रसुवास्थित भोटेकोसीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार कार्यमा जुट्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत पार्टी निकायलाई सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।









