राहत कोषमा साढे ६ अर्ब रुपैयाँभन्दा बढी जम्मा
२०८३ भदौ १४ गते, आइतबार । रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बाढीपछि मात्रै कोषमा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ थपिएको हो। साथै, वैदेशिक मुद्रामा पनि सहयोग प्राप्त भएको छ। संकलित रकम बाढीपीडितका लागि अस्थायी आवास, खाद्यान्न, उपचार तथा क्षतिग्रस्त सडक र पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने सरकारले जनाएको छ।









