बाढी प्रभावित महिलालाई राहत सामग्री र स्वास्थ्य सेवा वितरण
मङ्गलबार, १६ भदौ। भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विस्थापित महिला तथा किशोरीका लागि राहत तथा स्वास्थ्य सेवा सुरु गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले UNFPA को सहकार्यमा प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सुरक्षा सामग्रीसहित ‘डिग्निटी किट’ वितरण थालेको हो। नुवाकोटमा मात्रै २,००० डिग्निटी किट, ४०० किशोरी किट र ३०० त्रिपाल वितरण गरिएको छ। साथै दुईवटा मोबाइल स्वास्थ्य इकाइमार्फत मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र अन्य आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको छ।









