image
image
पृथ्वीराजमार्ग बन्द भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा दैनिक १०० ट्रक ग्यास

पृथ्वीराजमार्ग बन्द भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा दैनिक १०० ट्रक ग्यास

भाद्र १८ । धादिङको कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। मुख्य राजमार्ग तत्काल पूर्ण रूपमा सञ्चालनमा आउन नसक्ने भएपछि सरकारले वैकल्पिक सडकमार्फत ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बिहीबारदेखि हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाउने व्यवस्था सुरु गरिएको छ। नेपाल आयल निगम र ग्यास उद्योगीहरूसँगको समन्वयमा आपूर्ति नियमित बनाउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघि कृष्णभीरमा सडक भासिएपछि ग्यास बोकेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय भएको थियो। ग्यासको अभाव हुन नदिन खाली सिलिन्डर संकलन गरी पुनः भरेर काठमाडौं पठाउने कामसमेत अघि बढाइएको छ।

ग्यास ढुवानीका लागि कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गर्ने व्यवस्था गरिएको छ। सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ग्यास बोकेका ट्रक तथा बुलेटलाई आवश्यकताअनुसार स्कर्टिङ गर्ने व्यवस्था पनि मिलाइएको छ।

पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा भएको क्षति गम्भीर रहेकाले सडक पूर्ण रूपमा कहिले सञ्चालन हुन्छ भन्ने अझै निश्चित छैन। त्यसैले वैकल्पिक मार्गबाट ग्यास आपूर्ति निरन्तर राखेर काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव हुन नदिने सरकारको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।