नेपालको लगातार दोस्रो जित! मलेसियामाथि ६ विकेटको शानदार विजय
भाद्र १८। ACC Men's Premier Cup 2026 अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै पूरा गरेको हो।
योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। यसअघि नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो।









