बारामा १५१ किलो गाँजा भेटियो
२१ भदौ । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौलीबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति धानखेतको बाटो हुँदै ८–९ जना मानिस गाँजा बोकेर आउँदै गरेको देखेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीलाई देखेपछि उनीहरूले गाँजाका पोका खेतमै फालेर फरार भएका थिए। प्रहरीले ९ वटा पोकामा रहेको गाँजा बरामद गरी अनुसन्धान अघि बढाएको छ भने फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।









