वर्षाले देशभरको सडक यातायात प्रभावित
२१ भदौ । लगातारको वर्षाका कारण देशका विभिन्न मुख्य सडकमा बाढी र पहिरोको असर देखिएको छ। कतिपय राजमार्गमा पहिरो खसेर सडक बन्द भएका छन् भने केही ठाउँमा पानी जम्दा तथा सडक कटान हुँदा यातायात सञ्चालनमा समस्या आएको छ। सडक अवरुद्ध भएपछि लामो दूरीका यात्रुसहित मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन्। जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।









