भीमेश्वर मन्दिरको शिलामा पसिना, अनिष्ट टार्न क्षमापूजाको तयारी
काठमाडौं, २५ वैशाख । दोलखा भीमसेनलाई पसिना आएको छ । मन्दिरको शिलामा शनिबार दिउँसो १२:१५ देखि पसिना आएको स्थानीयहरुले बताएका छन्।
मन्दिरका पुजारी काशिनारायण श्रेष्ठलाई उद्धृत गर्दै स्थानीयले जानकारी दिएअनुसार मध्यान्ह १२ बजेपछि गरिने छक्काल पुजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहिबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो।
दोलखा भीमसेनलाई पसिना आएमा अनिष्ट हुने धार्मिक विश्वास छ । अनिष्ट टार्न राष्ट्रप्रमुखका तर्फबाट क्षमा पूजा गर्ने प्रचलन छ । प्रशासनले क्षमा पूजाको तयारी गरेको छ ।