image
image
संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय, स्वास्थ्य क्षेत्रमा २०.७ मिलियन डलर अनुदान स्वीकार

संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय, स्वास्थ्य क्षेत्रमा २०.७ मिलियन डलर अनुदान स्वीकार

 

असोज १४। सरकारले संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। विधेयक संसद्मा पुगेपछि संघीय निजामती सेवासम्बन्धी कानुनी व्यवस्थामाथि संसदीय छलफल र आवश्यक प्रक्रिया अघि बढ्नेछ।

यसै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर अर्थात् करिब २ करोड ७ लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। उक्त अनुदान स्वास्थ्य सेवा सुधारका क्षेत्रमा प्रयोग हुने बताइएको छ। मन्त्रिपरिषद्ले यससँगै पशु वधशाला तथा मासु जाँचसम्बन्धी विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक पनि संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडकखण्ड, जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरीका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्नसमेत स्वीकृति दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।