image
image
आँखा स्वास्थ्य सेवामा पहुँच बढाउन सहकार्य आवश्यक, विराटनगरमा पाँचदिने कार्यशाला सुरु

आँखा स्वास्थ्य सेवामा पहुँच बढाउन सहकार्य आवश्यक, विराटनगरमा पाँचदिने कार्यशाला सुरु

असोज १४।  नेपालमा आँखा स्वास्थ्य सेवामा पहुँच र समावेशिता बढाउने उद्देश्यले विराटनगरमा पाँचदिने कार्यशाला सुरु भएको छ। नेपाल नेत्रज्योति सङ्घ र लहान आँखा तथा कान उपचार प्रणालीको आयोजनामा तथा सीबीएम ग्लोबलको सहयोगमा आयोजित कार्यशालामा देशभरबाट अपाङ्गता भएका व्यक्तिहरूका संस्था, सरकारी निकाय, आँखा स्वास्थ्य क्षेत्र र विकास साझेदार संस्थाका प्रतिनिधिसहित ४३ जनाको सहभागिता रहेको छ।

कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूले आँखा तथा स्वास्थ्य सेवा लिने क्रममा भोग्नुपर्ने भौतिक, प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी अवरोध पहिचान गरी व्यावहारिक समाधान खोजिने जनाइएको छ। स्वास्थ्य संस्थाको भौतिक संरचना, सेवा प्रक्रिया र सार्वजनिक सञ्चारलाई थप पहुँचयोग्य तथा समावेशी बनाउने विषयमा पनि छलफल भइरहेको छ।

कार्यशालामा ‘Accessibility Go! A Guide to Action’ नामक व्यावहारिक मार्गदर्शनका आधारमा आँखा स्वास्थ्य संस्थालाई क्रमशः थप पहुँचयोग्य बनाउने उपायबारे छलफल हुनेछ। सहभागीहरूले स्थानीय आवश्यकताअनुसार मूल्याङ्कन, योजना, कार्यान्वयन र समीक्षा गरी सेवा सुधार गर्ने प्रक्रियाबारे समेत जानकारी लिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।