image
image
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल फिजी जाने

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल फिजी जाने

असोज १६। परराष्ट्रमन्त्री शिशिर खनाल अक्टोबर ३ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फिजी प्रस्थान गर्ने भएका छन्। फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी **‘प्रि–कोप लिडर्स इभेन्ट’**मा सहभागी हुन उनी फिजी जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाली प्रतिनिधिमण्डलमा चार सदस्य रहनेछन्।

मन्त्री खनालले अक्टोबर ६ मा हुने लिडर्स प्लेनरीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अवसर प्राप्त हुने मन्त्रालयले जनाएको छ।

लिडर्स प्लेनरीअघि खनालले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम छ। प्रि–कोप बैठक कोप–३१ को तयारीका लागि उच्चस्तरीय छलफलका रूपमा आयोजना हुँदैछ।

फिजी र टुभालुको कार्यक्रमपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया जाने र अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।