image
image
कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि अघि बढ्दै, साँझ ५ बजे मतदाता नामावली प्रकाशन

कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि अघि बढ्दै, साँझ ५ बजे मतदाता नामावली प्रकाशन

असोज १९। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्दैछ। महाधिवेशनको बन्दसत्रसँगै केन्द्रीय निर्वाचन समितिले निर्वाचनसम्बन्धी कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउन लागेको हो।

निर्वाचन समितिका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि साँझ ५ बजेदेखि ६ः३० बजेसम्म प्रकाशित मतदाता नामावलीमाथि दाबी–विरोध गर्न सकिनेछ। दाबी–विरोधको प्रक्रिया पूरा भएपछि आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

त्यसपछि असोज २० गते उम्मेदवारी मनोनयनको प्रक्रिया अघि बढ्नेछ। उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारको नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा गरेपछि असोज २१ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ। असोज २१ गते उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन्।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २२ गते मतदान हुनेछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम तय गरिएको छ। मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा व्यवस्था गरिएको छ। मतदान सकिएपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिको छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशन अब नीति तथा सांगठनिक बहसबाट नेतृत्व चयनको निर्णायक चरणतर्फ प्रवेश गरेको छ। सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी प्रक्रिया अघि बढेसँगै महाधिवेशन प्रतिनिधिहरूबीच नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि प्रतिस्पर्धा हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।