image
image
कांग्रेस महाधिवेशनमा १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशनमा १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी

असोज २१। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनबाट चयन हुने १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ।

सभापति पदका लागि गगन थापा, किशोरसिंह राठोर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ।

प्रारम्भिक नामावलीमा दाबी–विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ। त्यसपछि उम्मेदवारी फिर्तालगायतका प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।