image
image
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, घटस्थापनादेखि देशभर रुट परमिट खुला

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, घटस्थापनादेखि देशभर रुट परमिट खुला

असोज २१। यस वर्षको बडादसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत रहेको छ भने टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्नेछ।

यस वर्ष असोज २५ गते घटस्थापना परेको छ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको समितिले जनाएको छ। घटस्थापनासँगै सुरु हुने नवरात्र कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म चल्नेछ।

यसैबीच, दसैँमा घर फर्किने यात्रुलाई सहज बनाउन घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला गर्ने निर्णय गरिएको छ। यातायात व्यवस्था विभागमा भएको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।

दसैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रुवाहक सवारीलाई प्राथमिकता दिइने र यात्रुको सुरक्षा तथा यातायात व्यवस्थापनमा विशेष ध्यान दिइने विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।