image
image

घर-कोठा भाडामा लिन र दिन मोबाइल  एप्प  ‘रेन्टास्टिक’    सार्वजनिक

काठमाडौँ माघ १६ । नेपालमा बढ्दो सहरीकरणका कारण देशका मुख्य सहरहरुमा घर-कोठा तथा जग्गा भाडामा लिन दिन एकदम गर्हो भईरहेको छ । येस्तै समस्यालाई मध्यनजर गर्दै सूचना प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशील उद्यमशीलताका सक्रिय युवा शरदचन्दले घर-कोठा भाडामा लिन र दिन मोबाइल ‘रेन्टास्टिक’एप्प  सार्वजनिक गरेका छन्।
‘रेन्टास्टिक’ नाम दिइएको यो एप्पले पहिलो चरणमा काठमाडौंमा भाडामा कोठा तथा फ्ल्याट खोज्न मद्दत गर्नेछ। फेसबुक ग्रुपहरुबाट असुरक्षित सूचना पाइने र बिचौलियाहरुबाट ठगिने अवस्थाको यो एप्लिकेसनले अन्त्य गर्नेछ । आफूले चाहेको स्थानमा आफूलाई मन परेको र आवश्यकता भएको घर फिल्टर गरी खोज्न सकिनेछ । घरको ठेगाना, मासिक भाडा, कोठा वा फ्ल्याटको साइजअनुसार आफ्नो खोज सजिलो गर्न एप्पमा व्यवस्था गरिएको छ ।घरमूली र कोठा खोज्नेको बीच कुराकानी र जानकारी आदानप्रदान गर्न पनि सजिलै  उक्त एप्प्को प्रयोग गर्न  सकिने जानकारी दिएका छन्।  
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।