image
image

घरजग्गाको किनबेच र रोक्का फुकुवाको लागि मालपोत कार्यालयमा पुग्नै पर्ने बाध्यताको अन्त्य हुँदै 

काठमाडौँ माघ १६ । धेरै वर्ष देखि घरजग्गाको किनबेच र रोक्का फुकुवाको लागि मालपोत कार्यालयमा पुग्नै पर्ने बाध्यता थियो । तर, अब सरकारले यो बाध्यताको अन्त्य गर्ने भएको छ। यसका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले अनलाइन प्रणाली लागू भएका सबै १०८ वटै मालपोत कार्यालयमा भू-सेवा केन्द्र सञ्चालनका लागि निवेदन आह्वान गर्ने तयारी गरेको छ।
देश भर १३१ ओटा मालपोत कार्यालय छन्।   ती मध्ये सरकारले  १०८ वटा कार्यालयमा अनलाइन प्रणाली लागू भइसकेको छ।मालपोतको सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने योजना अनुसार नै स्थानीय तहलाई केन्द्रमा राखेर सबै मालपोत कार्यालयमा भू-सेवा केन्द्रको निवेदन माग गरिएको बताएका छन् ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले  सबै कार्यालयले एक महिनाको समय दिएर भू-सेवा केन्द्र सञ्चालनको लागि अनलाइन निवेदन आह्वान गर्न पनि निर्देशन दिएको छ। त्यसपछि मल्प्लोत कार्यालय धाउनु पर्ने झन्झट हट्ने कुरा जानकारी दिएका छन् ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।