काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न बैंकर्स संघको सहमति
काठमाडौं माघ १६ ।नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीबीच बिहीबार छलफल भएको थियो । उक्त छलफलमा नेपाल बैंकर्स संघ काठमाडौं उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न सहमत भएको हो । छलफलमा काठमाडौं उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीहरुले दुःख खेप्नु परेको भन्दै यथासिघ्र उपत्यका बाहिरका तोकिएका स्थानहरुबाट समेत सुन वितरणको व्यवस्था मिलाउन आग्रह सँगै सहमति भएको हो ।
धेरै वर्ष देखि उपत्यका बाहिरका व्यापारी झन्झट भएको कारण नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समाबेस गरिसकेको थियो । तर, कार्यनयन हुन सकेको थिएन। राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्स संघको सिफासिरमा बैंकहरुले विदेशबाट कच्चा सुनको आयात गरी महासंघको सिफासिरमा व्यवसायीहरुलाई सुन उपलब्ध गराउँदै आएको थियो । अब हिजो भएको छलफल अनुसार काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न पाउने सहमति भएको छ ।