image
image

कोरोना संक्रमण बाट  थप  १८७ को मृत्यु, कति भेटिए आज ? 

काठमाडौँ -नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । 

यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो । 
मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन् । 
यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ । 


हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ भने बाँकी १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।