तातोपानी नाकामा आइपुग्यो चीनले दिएको १८ हजार थान अक्सिजन सिलिन्डर
काठमाडौँ, २, आइतबार । नेपालमा कोरोना भाइरस महामारीले बिकरल रुप लिएपछि चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार थान अक्सिजन सिलिन्डर तातोपानी नाकामा आइपुगेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार तातोपानी नाका आइपुगेको १८ हजार अक्सिजन सिलिन्डर काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।