image
image

 ४४ विषयमा निःशुल्क सीपमूलक तालिम हुँदै

काठमाडौं माघ १७ ।  व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो) ले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा   निःशुल्क रुपमा तीन महिने (३९० घण्टे) सीपमूलक तालिम आयोजना गर्ने भएको छ । विभिन्न ४४ विषयमा उपलब्ध गराइने यो सीपमूलक तालिमका लागि आउँदो फागुन ६ गते राति १२ बजेसम्म अनलाइनमार्फत आवेदन फाराम भरिसक्नुपर्ने आयोजनाले जनाएको छ । इच्छुक गरिब, बेरोजगार युवाहरुलाई लक्षित गर्दै तालिमका साथै सीप परीक्षण समेत निःशुल्क हुने जानकारी दिएका छन् ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको यो परियोजनाले दिने  तालिम समयमा खाजाको व्यवस्था समेत गरिएको छ ।तालिम पश्चात तालिम तथा रोजगार सेवाप्रदायक संस्थाबाट रोजगारीका लागि सहजीकरण समेत गरिनेछ । तालिममा सहभागी हुन १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । आवेदन फाराममा रहेका सूचकको आधारमा आवेदकहरुमध्येबाट सहभागी छनौट गरिने बताइएको छ ।करिब ८००० प्रशिक्षार्थी छनौट गरी आउँदो चैतदेखि यो तालिम सुरु हुने बताइएको छ । 

यस्ता छन् तालिमका विषय

आर्क वेल्डर
आल्मुनियम फेव्रिकेटर
इण्डस्ट्रियल इलेक्ट्रिसियन
इण्डियन कुक
इलेक्ट्रिकल एप्लाइन्सेस रिपेयरर
ईसीडी फेसिलिटेटर
असिस्टेन्ट लाइब्रेरियन
असिस्टेन्स वेटर
असिस्टेन्स व्युटिसियन
कन्टिनेन्टल कुक
कमिस-III
कम्युनिटी एग्रिकल्चर असिस्टेन्स
कम्युनिटी लाइभस्टक असिस्टेन्स
कार्पेट वेभर
केयर गिभर
चाइनिज कुक
जनरल कुक
जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन
जुनियर प्लम्बर टायल तथा मार्वल फिटर
टिभी एण्ड रेडियो रिपेयर टेक्निसियन
टेलरिङ
टेलिकम टेक्निसियन
डेण्टल चेयर साइड असिस्टेन्स
ड्रेस मेकर थान्का (पाँवा) आर्ट
प्लास्टरर
फर्निचर मेकर
फेसन डिजाइनर
बार्वर
विल्डिङ इलेक्ट्रिसियन
विल्डिङ पेन्टर
बेकरी
बेमौसमी तरकारी उत्पादक
ब्रिकलेयर मेशन
भिलेज एनिमल हेल्थ वर्कर
मेशन
मोटरसाइकल सर्भिस मेकानिक
मोबाइल रिपेयर टेक्निसियन
रिसेप्सनिस्ट
रेफ्रिजेरेशन एण्ड एयर कण्डिसन जुनियर मेकानिक
सेक्युरिटी गार्ड
हाउस किपिङ/क्लिनर
ह्याण्ड इम्ब्रोइडरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।