मिस एयर होस्टेज इन्टरनेशनको प्रशिक्षण शुरु
काठमाडौं माघ १७ । नाट—मिस एयर होस्टेज इन्टरनेशनलको दोस्रो सिजन शुरु भएको छ ।दोस्रो सिजनमा एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा प्रशिक्षण शुरु भएको हो ।गत मंगलवार नाट कलेजमा सम्पन्न भएको प्रशिक्षण शत्रको ओरेन्टेशन कार्यक्रममा नायक मनिष राउत, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइको उपस्थिती रहेको थियो ।
प्रतियोगिताले एयर होस्टेजहरुलाई परिस्कृत गर्नुका साथै एयर होस्टेज हुन खोज्नेहरुको क्षमता अभिवृद्धि गर्न भुमिका खेल्ने इभेन्ट म्यानेजर लभिन अन्सारीको भनाई छ ।इभेन्ट म्यानेजर अन्सारीका अनुसार हाल तालिम तथा प्रशिक्षण दिने कार्य भइरहेको र सो इभेन्टको फिनाले भने एभरेष्ट होटलमा आयोजना हुने बताएको छ । उक्त तालिमको विजेताले एयरहोस्टेज तालिममा शतप्रतिशत छात्रावृत्ति, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने बताइएको छ।