image
image

लुम्बिनी प्रादेशिक अस्पतालमा  ६ संक्रमितको मृत्यु 

काठमाडौँ, २, आइतबार । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो १२ घन्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालको आइसियू र अन्यको अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो। 

जसमध्ये तिलोत्तमा–४ का ३६ वर्षीय पुरूषको शनिबार राति ९: ५५ मिनेटमा मृत्यु भएको छ। उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

भुमही–६ पश्चिम नवलपरासीका ४८ वर्षीय पुरूषको राति १२:४० मिनेटमा मृत्यु भएको हो। २४ गते कोरोना संक्रमण पुष्टि भएको उनी २६ गतेदेखि आइसियूमा उपचाररत् थिए।

त्यसैगरी, सत्यवती–५ गुल्मीका ४५ वर्षीय पुरूषको बिहान ५स्१५ बजे, तिलोत्तमा-५ का ६० वर्षीय पुरूषको बिहान साढे ८ बजे, ईश्मा-४ गुल्मीका ४५ वर्षीय पुरूषको ८:४४ र नाम ठेगाना नखुलेका एक पुरूषको ९ बजे मृत्यु भएको डा.गौतमले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।