तुम्लिङटार-शीतलपाटी प्रसारणलाइनको विवाद टुंगियो, लागत बढ्ने
काठमाडौँ माघ १७ । कोशी करिडोरअन्तर्गत प्रस्तावित २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारणलाइन र शीतलपाटी सबस्टेसन आयोजना निर्माणमा देखिएको विवाद टुंगिएको छ। तुम्लिङटार विमानस्थलको हवाई ट्राफिकलाई असर नपर्ने गरी दोस्रो रुटबाट प्रसारणलाइन बनाउने प्रस्तावमा नागरिक उड्डयन प्राधिकरणले सहमति जनाएपछि लामो समयदेखि रुट निर्धारणमा देखिँदै आएको विवाद सकिएको हो।
आयोजना प्रमुख राजन ढकालका अनुसार प्रसारणलाइन बनाउन यसअघि तय भएको रुटले हवाईमार्गमा असर पर्ने भएपछि दोस्रो रुट निर्धारण गरिएको हो। ‘विमानस्थल र हवाई रुटलाई असर नपर्ने गरी प्रसारणलाइनलाई अर्कै बाटोबाट लैजाने सहमति नागरिक उड्डयन प्राधिकरणसँग भएको बताएका छन् ।
प्रसारणलाइन निर्माणका लागि निर्धारण भएको पहिलो रुट तुलनात्मक रुपमा दोस्रो रुटभन्दा छोटो पर्न जाने नेपाल विद्युत प्राधिकरणको अध्ययनले देखाएको छ। तर, हवाई ट्राफिकमा सोझै अवरोध पुग्ने देखिएपछि दोस्रो विकल्प अघि सारिएको हो। दोस्रो रुटबाट प्रसारणलाइन लैजाँदा बजार र बस्ती भएकाले जग्गा अधिग्रहण र मुआब्जाको समस्या बढी देखिने अनुमान गरिएको छ।