कोभिसिल्डको दोस्रो डोज खोप लगाउन छुटेकालाई फेरि दिइने
काठमाडौं, ६, बिहीवार । कोरोना भाइरसविरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन छुटेकाहरुलाई खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको आइसीएस कमाण्डको बैठकले प्रदेश तथा जिल्लामा मौज्दात रहेको कोभिसिल्ड खोप कोभिड १९ को महामारीमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मी लगायत २३ फागुन भन्दा अघि पहिलो प्राथमिकतामा परी दोस्रो डोज खोल लिन छुट भएका व्यक्तिलाई लगाउने निर्णय गरेको हो।
अहिलेसम्म नेपालमा कोभिसिल्ड र भेरोसेल गरी पहिलो मात्रा खोप लिनेको संख्या २५ लाख पुगेको छ भने दोस्रो मात्रा लिनेको संख्या ७ लाख नाघेको छ।









