image
image

स्पेनले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

काठमाडौँ । स्पेनले नेपाल सरकारलाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्समार्फत नेपाललाई सहयोग स्वरुप १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको  स्वास्थ्य सामाग्री नेपाल पठाएको हो । 

 स्पेनका लागि नेपाली दुतावासका राजदुत दावाफुटी शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एनि्टजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामाग्री रहेको छ । सामाग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा सहितको टोली नेपाल आएका थिए । 

सामाग्री स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले मन्त्री ति्रपाठी विमानस्थलमै हस्तान्तण गरेको हो । कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बड्दै गए पछि स्वास्थ्य सामाग्रीको अभाव हुदाँ नेपालीले अकालमै ज्यान गुमाउनु परेको भन्दै राजदुत शेर्पाको पहलमा सामाग्री नेपाल ल्याइएको थियो । यो सामाग्रीले केही भए पनि राहत पुग्ने विस्वास लिएको स्पेन सरकारले विश्वास लिएको जनाएको छ ।

नेपालका लागि विदेशीमुलकबाट प्राप्त भएको सहयोग सामाग्री यो हालसम्मकै धेरै भएको मन्त्रालयको भनाई छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताएकी थिइन । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।